तारकेश्वर–९ ग्याडोलमा गाडीले ठक्कर दिदाँ २ जना गम्भीर घाईते ।

तारकेश्वर–९ ग्याडोलमा हाते गाडीले ठक्कर दिदाँ २ जना गम्भीर घाईते भएका छन् । तारकेश्वर–७ फुटुङबाट नेपालटार तीर जादै गरेको बा १० च ८१६९ नम्बरको गाडीको वे्रक फेल हुदाँ पसल अगाडी उभिरहेका २ जना गम्भीर घाईते भएका हुन् ।

रामेछाप जिल्लाको अन्दाजी साढे २ बर्षको केटी मान्छे र सिन्धुली लिल्लाको २२ वर्षकी युवतीलाई सो गाडीले ठक्कर दिएको हो । नेपालटार प्रहरी प्रभाग ग्याडोलका ईन्चार्ज जालीनारायण श्रेष्ठका अनुसार घाईतेको टिचिङ अस्पतालमा उपचार भईरहेको र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनास्थलमा स्थानीहरुको ठूलो भीड जम्मा भएको छ ।

अन्दाजी साढे २ बर्षको केटी मान्छे र २२ वर्षकी युवतीलाई सो गाडीले ठक्कर दिएको कुरा नेपालटार प्रहरी प्रभाग ग्याडोलका ईन्चार्ज जालीनारायण श्रेष्ठले बताँए । घाईतेको टिचिङ अस्पतालमा उपचार भईरहेको ईन्चार्ज श्रेष्ठले तारकेश्वर आवाजलाई बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here