नुवाकोटको सुर्यगढीमा भाइरल ज्वोरो

रामशरण थापा
सुर्यगढी–५, नुवाकोटमा भाइरल ज्वोरोको आशंका गएिको छ । बर्षायामसगै भाइरल ज्वोरो, पखाला जस्ता रोगहरुले संक्रमीत हुनु नेपालीहरुलाइ नौलो होइन । छिनमै १०२ भन्दा माथी ज्वोरो आउने छिनमै घट्ने, वाकवाकी लाग्ने, कामज्वोरो आउने, शरीर काप्ने जस्ता लक्षणहरु देखा परेको छ ।
छिनमै ठिक भएको मानिस छिनमै अस्वस्थ हुने र विभिन्न खाले शारीरिक समस्याहरु देखापर्ने कारणले स्थानीय स्वास्थकेन्द्रमा बिरामिहरुको चाप बढेको छ ।
मौसम परिवर्तन र दुषित पानी नै यसको मुख्य कारण हुनसक्ने अनुमान गर्छन् स्थानीय स्वास्थ्यकर्मीहरु । भाइरल ज्वोरोको कारण यकिन हुन नसकेपनि ल्याब टेस्ट पछि मात्र सम्पुर्ण कुरा थाहा पाउन सकिने स्थाथ्यकर्मीको भनाई रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here