२३ नं रुटले दियो ड्राईभरलाई प्रशिक्षण

तारकेश्वर नगरपालिकालाई विशेष रुट बनाउँदै आएको २३ नं रुटका ड्राईभर र खलासीहरुलाई प्रशिक्षण दिईएको छ । तारकेश्वर यातायात प्रा.लि. अन्र्तगतका सो सवारी चालक परिचालकहरुलाई प्रशिक्षण दिइएको हो ।

तारकेश्वर नगरपासिलका क्षेत्रमा २३ नं रुटका ड्राईभरहरुको लापावाही बढ्यो भन्ने गुनासोलाई व्यवस्थापन गर्ने ध्येयका साथ सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको तारकेश्वर यातायात प्रालिका प्रवन्धक निर्देशक मिन बहादुर मानन्धरले बताए । तारकेश्वर यातायात प्रा.लिले २३ नं रुट अन्र्तगत बढ्दो सवारी चाप, सो बाट उत्पन्न सडक दुर्घटना न्यूनीकरण तथा यात्रुमैत्री यात्रा विषयक ट्राफिक चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रममा काठमाडौं जिल्ला ट्रापिक प्रहरीका प्रमुख बसन्त कुमार पन्त, तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोरा, काठमाडौं महानगरपालिका–१६ कावडाध्यक्ष मुकुन्द रिजाल, तारकेश्वर–१ का वडाध्यक्ष विदुर सापकोटा, तारकेश्वर–३ का वडाध्यक्ष मनोहरी तिवारी, नागरिक समाजका राधाकृष्ण खड्गी, लैङ्गिक हिसा नियन्त्रण समन्वय सञ्जालका अध्यक्ष देविना कार्की, एकल महिलाका अध्यक्ष शशी देवी भट्ट, उपभोक्त हक संरक्षण मञ्चका अधयक्ष माधव प्रसाद तिमिल्सेना, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्तिहरुले २३ नं रुटमा यात्रुमैत्री यात्रा सञ्चालन होस् भन्ने शुभकामना दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here