तारकेश्वर–१० को मानसिंह धर्म माविमा डिजिटल हाजिरीको सुरुवात !

मानसिहं धर्म मावि. तारकेश्वर–१० मा विद्यार्थीहरुको डिजिटल हाजिरी सञ्चालन भएको छ । विद्यार्थीहरु प्रत्येक दिन डिजिटल प्रंविधीबाट हाजिर गरिने र विद्यालयमा नआएको दिन अभिभावकलाई सूचना जाने प्रणालीको सुरुवात गरिएको छ ।

मानसिह धर्म मा.विका प्रत्येक कक्षा कोठामा सिसि क्यामेरा समेत जडान गरिएको छ । तारकेश्वर–१० को आर्थिक सहयोगमा सो कार्य सम्पन्न भएको र सकरात्मक परिवर्तनको सम्वाहकको रुपमा वडाअध्यक्ष अमृत थापाको नेतृत्वले मानसिंह धर्म मा.वि.लाई नगरपालिकाकै फरक पहिचान भएको विद्यालयको रुपमा स्थापित गर्ने सो विद्यालयका कोओडिनेटर कमल दिन मियाले बताए ।


तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयहरु मै पहिलो अभ्यासका रुपमा तारकेश्वर–१०ले मानसिह धर्म माविमा प्रंविधीमय शिक्षालाई जोड दिएको वडाध्यक्ष अमृत थापाले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here