तारकेश्वर–११ को सिर्जनशिल तथा उर्जाशील योग केन्द्रले लियो पातञ्जल योग समितिको सदस्यता

तारकेश्वर–११ को सिर्जनशिल तथा उर्जाशील योग केन्द्रले पातञ्जल योग समिति नेपाल काठमाण्डौको सदस्यता लिएको छ ।

आज एक औपचारीक कार्यक्रमका बीच पातञ्जल योग समिति नेपाल काठमाण्डौले विभिन्न योग केन्द्रहरुलाई आफनो आफनो शाखाको रुपमा मान्यता दिने क्रममा तारकेश्वर–११ को सिर्जनशिल तथा उर्जाशील योग केन्द्रले आधिकारी सदस्यता लिई शाखाको रुपमा स्थापित भएको सो योग केन्द्रका प्रमुख राजेन्द्र रेग्मीले बताए ।

सो कार्यक्रममा तारकेश्वर–९ को नवीन नगर योग साधना केन्द्र र वुद्ध माई योग साधना केन्द्र , टेकुलाई पनि पातञ्जलको शाखाको मान्यता प्रदान गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here