तारकेश्वरमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै !

तारकेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आगामी असार १, २ र ३ गते सञ्चालन हुने सो प्रतियोगिताको लागि आगामी जेठ ३१ गते सम्म तारकेश्वर नगरपालिका नगरशिक्षा शाखा युवा तथा खेलकुद शाखामा सहभागी हुन ईच्छुक टिमहरुले नाम दर्ता गराई सक्नुपर्नेछ ।

सो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक सय मि. दौड,२ सय मि. दौड, ४/ १ सय मिटर रिले दौड, भलिबल, कबडी, हाईजम लङजम र सटपुट (छात्र/छात्रा) खेलहरु सञ्चालन हुने नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेले बताए ।

तारकेश्वर नगरपालिकाको आयेजनामा सञ्चालन हुने सो प्रतियोगिता तारकेश्वर–५ स्थित रहेको गोलढुङगा खेलमैदान र तारकेश्वर–९ स्थित रहेको एन्जल्स् स्पोटसको खेलमैदानमा सञ्चालन हुने तारकेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत पदम बहादुर खत्रीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here