तारकेश्वर–१० मा पाचौ लालीगुराँस अन्तर विद्यालय बास्केटबल प्रतियोगिता !

पाचौ लालीगुराँस अन्तर विद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सो प्रतियोगितामा जुनियर छात्र तर्फ आयोजक विद्यालय लालीगुराँस एकेडेमी र सिनियर छात्रा तर्फ श्री चन्द्र विन्दू ईन्टरनेशनल बोडिङ स्कुलले उपाधी हासिल गरेको छ ।

गत जेष्ठ १८ गते देखि २६ गते सम्म सञ्चालित सो प्रतियोगितामा छात्र तर्फ २० वटा र छात्रा तर्फ १० वटा गरि जम्मा ३० वटा टिम सहभागी भएको अयोजक विद्यालय लालीगुराँस नेशनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीले बताए ।

उनले भने, लालीगुराँस नेशनल एकेडेमीले प्रत्येक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिदै आएकोछ र आगामी वर्षमा पनि यो प्रतियोगिताले निरन्तरता पाउने छ ।

सो प्रतियोगिताको समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ न्यौपाने, तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापा सहभागी भएका थिए । तारकेवर–१० का वडाध्यक्ष अमृत थापाले विद्यालयले गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि उत्तिकै महत्वका साथ अगाडी बढाउन आवश्यक रहेको बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here