तारकेश्वर–११ मा सामाजिक विकासका कार्यक्रम तीव्र रुपले अगाडी बढ्दै

तारकेश्वर नगरपालिका वडा नं ११ मा सामाजिक विकासका कार्यक्रम तीव्र रुपले अगाडी बढ्दै गएको वडाध्यक्ष विन्दा बुढाथोकीले बताउनुभयो ।

तारकेश्वर नगरपालिका वडा नं ११ को महिलाहरुको छाता समूहका रुपमा रहेको उर्जाशिल महिला समूहकाले विभिन्न शीर्षकमा सञ्चालन गरेका कार्यक्रमहरुको समापन समारोहणमा सो कुरा वडाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

आज एक औपचारीक कार्यक्रमका बीच ग्रामीण आर्दश बहुमुखी क्याम्पसमा आयोजित विभिन्न शीर्षकका सामाजिक विकासका कार्यक्रम समापन समारोह भव्य रुपले सम्पन्न भएको हो ।

उर्जाशील महिला समूहको आयोजना र तारकेश्वर–११ को आर्थिक सहयोगमा ३ महिने आधारभूत सिलाई कटाई, ५ दिने कानूनी परामर्श, सहकारी शिक्षा, क्षमता अभिवृद्धि महिला सशक्तिकरण तथा स्थानीय निकायमा लैङ्गिक बजेट र १५ दिने कफी तालीम सञ्चालन भएको आयोजक संस्थाका सचिव देविना कार्की रानाले बताउनुभयो ।

सो समापन समारोह कार्यक्रम उर्जाशील महिला समूहका अध्यक्ष सावित्री शर्माको सभापतित्व र तारेकशवर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुअ प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकी, तारकेश्वर–११ का वडासदस्य प्रजवल विक्रम थापा, निता खड्का, सम्झना परियार, तारकेश्वर–४ का वडा सदस्य विन्दु थापा, तारकेश्वर–५ का वडा सदस्य सावित्री गुईदेल, ग्रामीण आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापा, ईन्जिनियर रपेन्द्रध्वज थापा, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

सो कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले तालीममा सहभागीहरुलाई तालीम लिएपछि व्यवहारिक जीवनमा पनि लागू गर्न आवश्यक रहेको बताए । सो समापन कार्यक्रममा तारकेश्वर–११ का वडा सदस्य प्रजवल विक्रम थापा, निता खड्का, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडीले आफनो धारणा राखेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here