तारकेश्वर शैक्षिक मञ्चले गर्यो वृक्षारोपण !

तारकेश्वर शैक्षिक मञ्चले तारकेश्वर–८ स्थितको पिपल डाडाको सार्वजनिक चौरमा वृक्षारोपण गरेको छ ।

विश्व वातावरण दिवस –२०७६ का अवसरमासो वृक्षारोपण कार्यक्रम आयोजना गरेको मञ्चका अध्यक्ष शिवहरी लामिछानेले बताए ।


स्वच्छ वायु, स्वच्छ जीवन भन्ने राष्ट्रिय नाराका साथ सो कार्यक्रममा मञ्च अन्र्तगत रहेका विद्यालयबत्राट विद्याथीका साथ शिक्षकहरुले विभिन्न वातावरण संरक्षण सम्बन्धी प्लेकार्ड का साथ कार्यक्रम भव्य रुपले सम्पन्न गरेका हुन् ।

तारकेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत पदम ब. खत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो वृक्षारोपण कार्यक्रममा वृक्षलाई सुरक्षि राख्नको लागि तारजाली गुरुकुल स्कुलले प्रदान गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here