तारकेश्वर–११ कै नमूना टोलको रुपमा विकास हुदै नेपालटार हाईट चारघरे स्थितको सिर्जनशील समाज सुधार संस्था (टोल)

तारकेश्वरको नेपालटार हाईट चारघरे स्थित रहेको सिर्जनशील समाज सुधार संस्थाले गरेका विकास निर्माण कार्यको खर्च तथा आम्दानी सार्वजनिक गरेको छ ।

सो संस्थाले टोलमा सञ्चालन गरेका ढल, खानेपानी, सडक लगायतका विभिन्न विकास निर्माणका कार्यमा भएका खर्चका साथै विभिन्न श्रोतबाट भएका आमदानीको सार्वजनिक गरेको छ । सो टोलका अधयष राजेन्द्र रेग्मीका अनुसार टोल विकासको लागि टोल अन्र्तगत रहेका सम्पूर्ण टोलबासीहरुले विकास निर्माणको लागि अहोरात्र खट्दै आएका छन् ।

तारकेश्वरको नेपालटार हाईट चारघरे स्थित रहेको सिर्जनशील समाज सुधार संस्थाले सो क्षेत्रलाई तारकेश्वर–११ कै नमूना टोलको रुपमा विकास गर्नको लागि टोलबासीहरुबीचमा सहकार्य, सदभाव र समन्वय रहेको सो संस्थाका सचिव देविना कार्की रानाले बताई ।

सो कार्यक्रममा हाल सम्म टोलमा भएका आम्दानी तथा खर्चको हिसाव सार्वजनिक गर्दै टोलका कोषाध्यक्ष हरिराज वाग्लले आगामी दिनमा पनि टोलबासहिरुबीचमा सहकार्यको अपेक्षाा रहेको बताए ।

सो टोलका पूर्व अध्यक्ष झंकनाथ घिमिरेले कुनै पनि कामको लागि टिम मिल्लनुपर्ने र सिर्जनशिल समाज सुधारमा टिम मिलेकोले विकासका कार्य सहज रुपले अगाडी बढ्दै गएको बताए ।

तारकेश्वर–११ कै नमूना टोलको रुपमा नेपालटार हाईट चारघरे स्थित रहेको सिर्जनशील समाज सुधार अन्र्तगतको टोल रहेको र यहाँको टोलबासीहरुमा सकरात्मक सहकार्य रहेको तारकेश्वर आवाजका पत्रकार नन्द बहादुर ऐडीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here