चिल्डेन हेराल्डले स्वं प्रदीप आमा मिठुलाई गर्यो आर्थिक सहयोग !

तारकेश्वरको डाँडागाउँमा करेन्ट लागेर मरेका प्रदीप अधिकारीका आमालाई चिल्डे«न हेराल्ड एकेडेमी तारकेश्वर–८ ले आर्थिक सहयोग गरेको छ ।

सो विद्यालयले रु ९५ हजार ६ सय २५ रुर्पैया आर्थिक सहयोय स्व. प्रदीपका आमा मिठु अधिकारीलाई गरेको हो ।

आज एक अनौपचारीक कार्यक्रमका बीच सो विद्यालयको प्राङगणमा एसेम्ली हुदै गरेको बेला विद्यालयका प्रिन्सिपल कमल ज्ञवालीले स्वं अधिकारीका आमा मिठुलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


गत वैशाख २० गते तारकेश्वर–८ को डाँडागाउँमा विजुलीको पोलमा करेन्ट लागेर ९ वर्षका प्रदीप अधिकारीको असमायिक निधन भएको थियो । स्वं प्रदीप चिल्डे«न हेराल्ड एकेडेमीमा कक्षा ४ मा अध्ययन गर्दै थिए।
स्वं प्रदीप अधिकारीको आमाको आर्थिक अवस्था कमजोर भएकोले तारकेश्वर–८ का विभिन्न स्थानीयहरुले रकम संकलन गर्दै आर्थिक सहयोग समेत गरेका छन् ।


रकम हस्तान्तरण गर्दै विद्यालयका प्रिन्सिपल कमल ज्ञवालीले स्वं प्रदीप विद्यालय परिवारको सदस्य भएको र आफूहरुले परिवारको सदस्य गुमाएको भन्दै दुख मनाउ समेत गरे ।


स्वं प्रदीपका आमालाई हाल सम्म आएको सहयोग रकम

तारकेश्वर अन्तर जिल्लामैत्री सेवा समाज, तारकेश्वर–८, काठमाडौं (विशेष पकहल) १५५००।–
आधुनिक भेटघाट समूह, तारकेश्वर–८, काठमाडौं (विशेष पकहल) ५०००।–
एक्टिभ युथ, तारकेश्वर–८, काठमाडौं (विशेष पकहल) २३२००।–
समाजसेवी शिवकुमार अर्याल, रामशरण गिरी, विशु गौतम दशमी मर्हजन र फिनिक्स स्र्पोट जोन तारकेश्वर–८, काठमाडौं (विशेष पहल) ७९१८५।–
चिल्डे«न हेराल्ड एकेडेमी तारकेश्वर–८ ९५६२५।–

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here