मनमैजुको लसकुस बासुरी खलःको रक्तदान कार्यक्रम !

लसकुस बासुरी खलः मनमैजु द्धारा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज एक औपचारकि कार्यक्रमका बीच तारकेश्वर–९, मनमेजुको नासलचोको आयोजित सो रक्तादान कार्यक्रममा ८३ जनाले रक्तदान गरेको तारकेश्वर–९ का वडा सदस्य एवं लशकुस बासुरी खलः का अध्यक्ष सानुकान्छामर्हजनले बताए ।

सो रक्तदान कार्यक्रममा तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौला, वडासदस्य श्रीकाजी मर्हजन, तारकेश्वर–१० का वडा सदस्य श्याम मर्हजन, समाजसेवी लबकुमार बस्नेत, तारकेश्वर शैक्षिक मञ्जका अध्यक्ष शिवहरी लामिछाने, गुरुकुल पव्लिक स्कुलका प्रिन्सिपल दिपक कृष्ण श्रेष्ठ,
रक्तदान अभियान्ता देवेन्द्र मर्हजन, बासुकी नागटोल सुधार समितीका अध्यक्ष हरिशण पाठक, स्थानीय व्यवसायी दुर्गा श्रेष्ठ लगायतका व्यक्तिको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here