तारकेश्वर–८ मा जाग्यो कांग्रेस !

तारकेश्वर नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसको कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस तारकेश्वर—८ ले आयोजना गरेको सो कार्यकर्ता भेला कार्यक्रममा अधिकाश बाल्ने बक्ताहरुले कांग्रेसको जागरणको कुरा उठाएका छन् ।

कार्यक्रममा बोल्दै तारकेश्वर–८ का नेपाली कांग्रेसका सभापति श्याम कृष्ण सापकोटाले एकता सहकार्यको अभावले नेपाली कांग्रेस कमजोर अवस्थामा पुगेको बताए ।

यस्तै गरि तरुण तारकेश्वर–८ की नेतृ कोपिला देवकोटाले जनजनमा नेपाली कांग्रेस प्रति आस्था रहेता पनि एकिकृत रुपमा पार्टीले संयोजन गर्न नसकेको बताईन ।

कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर नगरकमिटीका सभापति श्रीराम थापाले स्थानीय देखि केन्द्र सम्म कम्यूनिष्ट सरकारले बदमासी गर्दै आएको र यसको विरुद्ध नेपाली कांग्रेस एकवद्ध भएर सबल प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।


तारकेश्वर–८ को तारकेश्वर भेन्यूमा आयोजित सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधान, क्षेत्री सभापति श्याम कृष्ण खड्गी, नेता विष्णुभक्त तिमिल्सेना, ईन्द्रमान मर्हजन, नेपाली कांग्रेस तारकेश्वरका विभिन्न वडा समितिका सभापति लगायत विभिन्न भातृस.गठनका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा तारकेश्वर–८ को वडा समितिले २०७६ को क्यालेण्डर समेत विमोचन गरिएको छ । कार्यक्रममा तारकेशवर विभिन्न वडाबाट १० जना नेपाली कांग्रेसमा प्रवेश समेत गरेका छन् ।

सो कार्यक्रम नेपाली कांग्रेस तारकेश्वर–८ का सभापति श्यामकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन नेपाल विद्याथी संघका नेता परोपकार अधिकारीले गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here