तारकेश्वरको वैखुमा वुद्धको मूर्ती अनावरण !

तारकेश्वर–५ को वैखुमा बुद्धको मूर्ती अनावरण गरिएको छ । बैखु टोल सुधार समितिको आयोजनामा काठमाडौं क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा सो मूर्ती अनावरण गरिएको हो ।

३ सय ५० किलोको सो मूर्ती वैखुटोलमा अनावरण गरिएको स्थानीय समाजसेवी सिताराम रेग्मीले बताए । बुद्धका मूती अनावरणका साथै उनका सकरामत्क भनाईहरु पनि हामीले व्यवहारिक जीवनमा लागू गर्न आवश्यक रहेको समाजसेवी रेग्मीले बताए ।

कार्यक्रममा आफनो भनाई राख्दै सांसद रामवीर मानन्धरले शान्तिको लागि बुद्ध धर्म ठीक छ भन्ने बताए । उनले विकासको कुरा गर्दै अर्को वर्ष तारकेश्वरको वैखुमा सबै पिच भईसक्ने बताए ।

तारकेश्वर–५ का वडाध्यक्ष वासु गौतमले शान्तिका साथै स्वच्छ वातावरण हुन आवश्यक रहेको बताए । उनले भने, स्वच्छ वातावरणको लागि वडा कार्यालयले निशुल्क रुपमा फोहोर व्यवस्थापनको योजना रहेको बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here