सडक दुर्घटना न्यूनीकरणका लागि सप्ताहब्यापी ट्राफिक सचेतना अभियान्तालाई प्रशंसा पत्र !

महानगरीय प्रहरी वृत्त महाराज गञ्जले सडक दुर्घटना न्यूनीकरणका लागि सप्ताहब्यापी ट्राफिक सचेतना अभियानमा सहयोग गर्ने अभियान्तालाई प्रशंसा पत्र प्रदान गरेको छ ।

आज एक औपचारीक कार्यक्रमका बीच बसुन्धाराको पानस वैंक्यूटमा महानगरीय प्रहरी परिसर टेकुका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ ।

सो कार्यक्रममा गत ०७५ चैत २९ देखि ०७६ वैशाख ४ गते सम्म सञ्चालन गरिएको “सडक दुर्घटना न्यूनीकरणका लागि सप्ताहब्यापी ट्राफिक सचेतना अभियान” मा सक्रिय रुपमा सहभागी हुने व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र वितरण गरिएको हो ।

सो कार्यक्रममा आफनो भनाई राख्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्ष फरेन्द्र प्रसाईले ट्राफिक सचेतना अभियानमा भए गरेका काम कार्बाहीहरुको बिबरण प्रस्तुत गर्दै हाल कलेज तथा वरपर हुनसक्ने महिला बालबालिका माथि अभद्र ब्यबहारहरुको बिषयमा कानुनी कार्बाही भईजाने हुदा सबैमा सचेत रहन अनुरोध गर्नुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here