बालाजु प्रहरीले अनैतिक काम गर्ने ६१ जनालाई गर्यो पक्राउ !

महनगरीय प्रहरी वृत्त बालाजुले अनैतिक काम गर्ने ६१ जनालाई प्रक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरी, वाइपास स्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई प्रकाउ गरिएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको वृत्तका प्रहरी निरीक्षक गिरीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here