धन्नै, मार्याथ्यो ! २३ नं रुटको ड्राईभरले ।

नन्द बहादुर ऐडी

नन्द बहादुर ऐडी
आज जेठ १ गते बुधबार । दिउँसो ठिक १२ः३० बजे ।

म लामबगरको पेट्रोल पम्प हुर्दै जरंखु जार्दै थिए ।
लामबगरको निर्माणधीन सडकमा मेरो ड्राईभिङ साईड तिर एउटा गाडी पार्किङ गरिरहेको थियो ।
म हर्न बजाउँदै अगाडी बढ्दै थिए ।
जरंखुबाट शेषमती तिर बा ३ ख ३७४९ नं को बालाजु मिनी बस व्यवसायी समिति अन्र्तगतको सार्वजनिक वस हुत्तिदै आयो ।
धन्नै मेरो मोटरसाईकललाई ठोक्याथ्यो ।
म बालबाल बचे र अलि अगाडी गएर मोटरसाईकल रोकेर बस तिर हेरेको मात्र थिए ।
बसका चालकले बस रोकेर झयालबाट मतिर हेर्दै तेरो बाउको बाटो हो यो ? भन्दै मलाई तथानाम गाली गर्न थाले मैले पनि करीव 30 सेकेण्ड जति वाईक रोकेर उनको गाली सुनिरहे ।
पछाडीका अन्य चालहलाई हत्तार भईसकेको थियो, हर्न बजाउन थाले ।
मैले पनि मेरो मोटरसाईकल अगाडी बढाउँदै बसको नम्बर टिपे, अनि फोन गरे, समितिको सचिव परशुरामजीलाई ।
४ पटक सम्म फोन गरे तर उनको फोन नै उठेन । अनि समितिको कार्यालयमा पुगे, समितिका पदाधिकारीहरु थिएनन् ।
कार्यालयमा २ जना कर्मचारहिरु थिए । तपाईको गुनासोको सम्बोधन हुन्छ भन्ने आश्वासन दिए । हुन त दुधको साक्षी बिरालो न परे , समितिका पदाधिकारीहरु, यो मेरो गुनासोको सम्बोधन के कति हुन्छ त्यो पछि हेरौला ।

मेरो मनमा विविध कुराहरु खेल्न थाले, म जस्तो सचेत नागरिकले पनि यस्तो र्दुव्यवहार सहनुहुन्न भन्ने ध्येयका साथ आज केहि २३ नं रुटको लागि सानातिना÷झिना मसिना कुराहरु लेखे ।

बालाजु मिनिबस व्यवसायी समिति विशेष गरि तारकेश्वर नगरपालिका क्षेत्रमा २३ नं रुट कायम गरि लामो समय देखि यातायात सेवा दिदै आएको छ ।

जनतालाई यातायात सेवा दिनु पक्कै पनि सकरातम्क कुरा हो । सेवा दिने क्रममा सकरात्मकका साथै नकरात्मक ुकराहरु पनि जोडिन पुग्छन्, यो पनि स्वभाविक नै हो ।

कुनै पनि कुराको हद भन्दा माथी पुग्नु हुन्न भन्ने कुराले मात्र महत्व राख्दछ ।
१०÷२० रुपैँयाको लागि मान्छेको ज्यानै लिन तयार ।

पछिल्लो समय २३ नं रुटको धेरै लापारवाही देखिन्छ । यति सम्म कि एउटा यात्रुको लागि अस्वस्थ रुपले २३ नं रुटका बसहरु कुदिरहेका हुन्छ ।

एएटा यात्रुले बढिमा २० रुपैया तिर्छ, २३ नं रुटका वसले २० रुपैयाको लागि मान्छेको ज्यान नै लिने गरि सडकमा कुदिरहेको देखिन्छ ।

अनियन्त्रित स्पीड ।
तारकेश्वर नगरपालिकाको अधिंकाश मुल सडक निर्माणधीन अवस्थामा छन्, यो निर्माणधीन अवस्थामा खाल्डा खुल्डी, हिलो र धुलो हुनु स्वभाविक नै ठानिन्छ, यी खाल्डाखुल्डी सडकमा अन्य चालकलाई, चालकको रुपमा नै नगनी मनोमानी तरिकाले २३ नं रुटका बस कुदिरहेका हुन्छन् । यति सम्म कि सडकका छेउमा रहेका पसल÷होटल भित्र बसिरहेका मानिसहरुलाई समेत हिलो पर्ने गरि ओभर स्पिडमा कुदिरहेका छन् । यसरी नै अनियन्त्रित रुपमा सकड मेरै हो भनी बस गुडाउँदा त्यसले नराम्रो घटना त पक्कै पनि निम्त्याउँछ ।


छुच्चो/रुखो भाषा
२३ नं रुटका चालक र सहचालकले बोलेको भाषा सुन्दा भगवान गौतम बुद्ध नै भएपनि रिसाउँने होलान जस्तो लाग्छ । उनीहरुले यात्रुलाई गर्ने व्यवहार, बोल्ने शव्दको छाडापनलाई, सडकमा हिडिरहेका मानिसलाई पेल्दै लिने, केटीहरुलाई जिस्काउँने प्रवृति देख्दा चालकलाई पछिल्लो समय भन्ने गरिएको गुरुजी शव्दको घोर अपमान भएको देखिन्छ ।

२३ नं रुटको चालकको दादागिरी/गुण्डापन ।
गत वैशाख २० गते बेलुका ७ बजे गैरी गाउँका स्थानीय कृष्ण बलामीलाई समडकको छेउमा हिडिरहेको अवस्थामा बा ४ ख ८२८८ का चालक विक्रम मर्हजनले ४/५ जनाको सहायत लिई हात हालेको घटना ताजै छ ।

सो घटना २१ गते धर्मस्थली चौकीमा गई मिलापत्र समेत भएको छ । यो एउटा प्रतिनिधीमूलक घटना मात्र हो ।

यस्ता कैयौ छन्, २३ नं रुटका चालकहरुले देखाएको दादागिरीको घटनाहरु । बाटोमा हिडिरहेको आम मानिस होस् या अन्य मोटरसाईकल, साईकल चालक होस्, २३ नं रुटका चालक भन्दा आर्जित छन् ।

यसैले २३ नं रुट कायम गरि सञ्चालित यातायात व्यवसायीका पदाधिकारीहरुले वेलैमा ध्यउान पु¥याई उनीहरुलाई अभिमुखीकरण दिने या चालकले दिनको यति र उति कमाएर दिएकै छ, हामीलाई चाहिएको पैसा हो, अरु जे गरेपनि मतलव छैन् भनी कानमा तेल हालेर बस्ने ?
मनपरी भाडा ।
२३ नं रुटको व्यवस्थापन गर्ने बालाजु मिनि वस व्यवसायी समिति भनौ या तारकेश्वर यातायात प्रालि जे भएपनि उनीहरुले तोकेको भाडादर एकखालको छ भने चालक र सहचालकले यात्रुसँग असुल्ने भाडादर अर्को खालको छ ।

१८ रुपैयाको भाडा हो भने २० रुपैया लिन्छन् , १६ रुपैयाको भाडा हो भने यात्रुले २० नै तिर्नुपर्छ तर यात्रुले १५ रुपैया दिदाँ एक रुपैयाको लागि पनि यात्रुलाई असभ्य व्यवहार गर्दै आएका छन् ।


समग्रमा २३ नं रुटका व्यवसायीको भाषामा भन्नुपर्दा तारकेश्वरको उत्तरी भेगका आम मानिसलाई यातायात सेवा दिएका छौ तर आम मानिसको भभोगाई र यर्थातमा भन्दा तारकेश्वर क्षेत्रमा २३ नं रुटको मनोमानी छ, दादागिरी छ, अझ चालक र सहचालकले गर्ने व्यवहारको कुरा गर्दा जंगली जनावरको जस्तो छ भन्दा फरक नपर्ने अवस्था छ ।

२३ नं रुटका व्यवसायीले समयानुल सच्चिैनै पर्छ, आफूबाहेक यो क्षेत्रमा अरु कोहि छैन् । जे गर्दा पनि हुन्छ भन्ने नसोचे पुग्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here