स्वं प्रदीप अधिकारीका आमालाई फेरि थपियो आर्थिक सहयोग !

तारकेश्वरको डाँडागाउँमा करेन्ट लागेर मरेका प्रदीप अधिकारीका आमालाई आर्थिक सहयोग फेरि थपिएको छ ।

गत वैशाख २० गते तारकेश्वर–८ को डाँडागाउँमा विजुलीको पोलमा करेन्ट लागेर ९ वर्षका प्रदीप अधिकारीको असमायिक निधन भएको थियो ।

स्वं प्रदीप अधिकारीको आमाको आर्थिक अवस्था कमजोर भएकोले तारकेश्वर–८ का विभिन्न स्थानीयहरुले रकम संकलन गर्दै आर्थिक सहयोग गर्दै आएका छन् ।

स्वं अधिकारीका आमा मिठुलाई तारकेश्वर–८ का स्थानीइ समाजसेवी शिवकुमार अर्यालको नेतृत्वमा रु ७९ हजार १ सय ८५ रुपैया आर्थिक सहयोग गरिएको छ ।

आज एक अनौपचारीक कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सो आर्थिक सहयोग रकम संकलनको लागि स्थानीय रामशरण गिरी, विशु गौतम दशमी मर्हजन र फिनिक्स स्र्पोट जोन तारकेश्वर–८ को विशेष पहल रहेको समाजसेवी शिव कुमार अर्यालले बताए ।

सो आर्थिक सहयोग रकम तारकेश्वर–८ का वडा सदस्य मोहन खत्री र तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडीको रोहबरमा स्वं प्रदीपका आमा मिठु अधिकारीलाई हस्तारण गरिएको हो ।

तारकेश्वर–८ का वडा सदस्य मोहन खत्रीले स्वं प्रदीपका आमा मिठु एकल महिलाका साथै आर्थिक अवस्था कमजोर भएकोले मिठो भन्दा पनि पिठो खानको लागि स्थानीयले स्वच्छ मनका साथ आर्थिक सहयोग गरेको बताउँदै सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here