प्रदेश स्तरीय गौरवको योजना छनौटका लागि कार्यदल गठन !

प्रदेश स्तरीय गौरवको योजना छनौटका लागि कार्यदल गठन भएको छ । ३ नं प्रदेश सरकार, नीति तथा योजना आयोग हेटौंडाद्वारा तारकेश्वर नगरपालिकाको कार्यालयमा आयोजित आ.व २०७६/०७७ का लागि नीति तथा कार्यक्रम योजना तर्जुमा र बजेट निर्माणबारे छलफल कार्यक्रमले प्रदेश स्तरीय गौरवको योजना छनौटका लागि कार्यदल गठन गरेको छ ।

काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ को विकासका लागि प्रदेश सांसद योगेन्द्र संग्रौलाको विशेष पहललमा आयोजित सो कार्यक्रमले योजना छनौट कार्यदल गठन गरेको हो ।

सो योजना छनौट कार्यदलमा काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ अन्र्तगत पर्ने टोखा र तारकेश्वर नगरपालिका क्षेत्रको विकासको लाािग सो कार्यदल गठन गरिएको तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापाले बताए ।

काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधी सभा सदस्य भीमसेनदास प्रधान र प्रदेश सभा २ का सदस्य योगेन्द्र संग्रौला सल्लाहकार रहने गरि १३ सदस्यीय सो कार्यदल गठन भएको हो ।

सो योजना छनौट कार्यदलको सदस्यमा निम्न व्यक्तिहरु रहेका छन् ।
योजना छनौट कार्यदलका सदस्यहरु
सल्लाहकारहरु
भीमसेन दास प्रधान ( काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधी सभा सदस्य)
यागेन्द्र संग्रौला (काठमाडौं क्षेत्र नं ६, प्रदेश सभा–२ का सदस्य)
सदस्यहरु
रामेश्वर बोहोरा (नगरप्रमुख तारकेश्वर नगरपालिका)
प्रकाश अधिकारी (नगरप्रमुख टोखा नगरपालिका)
मधु कार्की (वडाध्यक्ष, तारकेश्वर–६)
सानुकाजी खत्री (वडाध्यक्ष, तारकेश्वर–७)
अमृत थापा (वडाध्यक्ष, तारकेश्वर–१०)
विन्दा बुढाथोकी (वडाध्यक्ष, तारकेश्वर–११)
देविना कार्की राना (कायदलको महिला सदस्य)
केशर बहादुर खत्री (वडाध्यक्ष, टोखा–८)
हिरामणी सुवेदी (प्रमुख प्रशासकीय अधिकृत, तारकेश्वर नगरपालिका)
प्रदीप पौडेल (प्रमुख प्रशासकीय अधिकृत, टोखा नगरपालिका)
श्रीराम थापा (सभापति, नेपाली कांग्रेस, तारकेश्वर नगर कमिटी)
टंक अधिकारी (राप्रपा प्रतिनिधी)
प्रतिनिधी (नेपाल मजदुर किसान पार्टी)

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here