काठमाडौंको उत्तरी भेगको विकासका लागि ८० करोडको योजना !

काठमाडौंको उत्तरी भेगको ( क्षेत्र नं ६ प्रदेश सभा २) विकासका लागि ८० करोडको योजना छनौटका लागि माग भएको छ ।

३ नं प्रदेश सरकार, नीति तथा योजना आयोग हेटौंडाद्वारा तारकेश्वर नगरपालिकाको कार्यालयमा आयोजित आ.व २०७६/०७७ का लागि नीति तथा कार्यक्रम योजना तर्जुमा र बजेट निर्माणबारे छलफल कार्यक्रममा सो कुराको उठान भएको हो ।

काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौलाको विशेष पहलमा सो कार्यक्रम आयोजना गरिएको हो ।

सो छलफल कार्यक्रमले काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा–२ मा १० करोड देखि ५० करोड सम्मको १ वटा योजना र ५ करोड देखि १० करोड सम्मको ३ वटा योजना छ्नौटको लागि सुझाव दिएको छ । कार्यक्रममा उक्त योजना छनौटको लागि १३ सदस्यीय योजना छ्नौट कार्यदल गठन समेत गरिएको छ ।

सो छलफल कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधान, प्रदेश सभा सदस्य योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका प्रमुख रोमश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल टोखा नगरपालिकाका सम्पुर्ण वडाअध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधी, नागरिक समाजका अगुवाहरु लगायतका व्यक्ति सो छलफल कार्यक्रममा सहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here