आत्माहत्याको घटना शंकास्पद !

तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको वुद्ध सामूदायिक वनमा गत शनिबार आङनर्वु शेर्पाले सल्लोको रुखमा झुण्डिएर आत्मा हत्या गरेका थिए । घटना स्थलको प्रवृति हेर्दा शंकास्पद रहेको स्थानीय बताउँछन् ।

आत्मा हत्या गर्ने शेर्पाका दाजु एवं तारकेश्वर नगरपालिकाको कार्यपालिका ससदस्य ग्याल्जे शेर्पाका अनुसार आफनो भाईले विगतका क्रियाकलाप हेर्दा आत्मा हत्या गरेको हो भने घटनास्थलको प्रक्रिया हेर्दा शंकास्पद रहेको छ ।

घटना स्थलमा एक बोत्ल खुकुरी रुपको रक्सी खाएर सल्लोको रुखमा झुण्डिएर आत्मा हत्या गरेको देखिन्छ ।

अर्को रहस्यमय कुरा पलेटी कसेर झुण्डिएको देखिन्छ ।

तारकेश्वर–२ का वडावध्यक्ष रविन्द्र केसीका अनुसार घटनास्थलमा विभिन्न भगवानका मूर्ती राखेर बीचमा बुद्धको मुर्ती राखी सो बुद्धको मुर्ती फोडेको छ, एक बोत्तल रक्सी खाएको देखिन्छ, रक्सी एक्लै खाएको हो या अरु पनि थिए ।

भूगोल हेर्दा रक्सी खाएको व्यक्ति झुण्डिएर आत्माहत्या गरेको सल्लोको रुख सम्म पुग्न नसक्ने छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक कृष्ण गिरीले पोष्ट मार्टमको आधिकारीक रिर्पोट नआउँदा सम्म वास्तविकता के हो भन्न सकिदैन् भन्ने बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here