विद्यालयका प्रधानाध्यापकसँग बालाजु प्रहरी


समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालयका प्रधानाध्यापकसँग महानगरीय प्रहरी वृत्त बालाजुले छलफल गरेको छ ।


समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि विद्यालयका प्रधानाध्यापकसँग छलफल कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । सो छलफल कार्यक्रममा महानगरीय प्रहरी वृत्त बालाजुको कार्यक्षेत्र अन्र्तगत पर्ने तारकेश्वर न

गरपालिका र कामनपा १६ का विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएका थिए । सो कार्यक्रमबाट तारकेश्वरका ३ जना र कामनपा–१६ बाट २ जना प्रतिनिधी प्रधानाध्यापकको एक समिती गठन गरिएको छ ।

सो समितिमा प्याव्सन तारकेश्वरका अध्यक्ष धन बहादुर पुन, नेशनल प्याव्सन तारकेश्वरका अध्यक्ष गोविन्द भट्ट, सामुदायिक विद्यालयको तर्फबाट नेपाल राष्ट्रिय मा.विका प्रधानाध्यापक निर्मला शाक्य, गोरखकाली बोडिङ स्कुलका प्रधानाध्यापक र तरुण माविका प्रधानाध्यापक रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here