तारकेश्वरको बासुकी नागटोलले जेष्ठ नागरिकहरुलाई गर्यो सम्मान !

तारकेश्वर–९ स्थित रहेको बासुकी नाग टोल सुधार समितिले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आज एक औपचारीक कार्यक्रमका बीच सो टोल अन्र्तगत बसोबास गर्दै आएका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

सो सम्मान कार्यक्रममा टोलका अध्यक्ष हरिशरण पाठक, विष्णु नेपाल, नर्थपोल एकेडेमीका निर्देशक सुवास आचार्य, छिमेकी टोलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै टोलका अध्यक्ष हरिशरण पाठकले गत वर्ष देखि सो यो सम्मान कार्यक्रम गरिदै आएको र अगामी वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाउने कुरा बताए ।

सो कार्यक्रममा टोलसुधार समितिद्धारा प्रकाशित क्यालेण्डर विमोचन समेत गरिएको छ ।
तारकेश्वर नगरपालिककै नमूना टोलको रुपमा रहेको बासुकी नाग टोलमा सुरक्षा साईरन, सिसिटीभी लगायतका शान्तीसुरक्षा कायम गर्नको लागि सहयोगी प्रविधी जडान गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here