बालाजु प्रहरीले गर्यो विद्याथीलाई प्रशक्षिण !

महानगरीय प्रहरी वृत्त बालाजु र तारकेश्वर–११ को संयूक्त आयोजनामा प्रशिक्षण कार्यक्रम समपन्न भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थी अभिभावक र शिक्षकहरुलाई सो प्रशिक्षण दिईएको हो । सो कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकीले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि शैक्षिक संस्थाको अहम भूमिका हुने कुरा बताईन ।

सो प्रशिक्षण कार्यक्रममा सहभागहिरलाई प्रशक्षिण दिदै प्रहरी महानायव निरीक्षक शैलेश थापाले अपराध न्यूनीकरणको लागि घरबाटै अभिायन चाल्नुपर्ने बताए ।

प्रहरी महानायव निरीक्षक थापाले बलात्कार, लागूऔषध, साईवर क्राईम लगायतका विविध विषयवस्तुलाई सम्बोधन गर्दै सहभागीहरुलाई प्रशक्षिण दिए ।

सो कार्यक्रममा तारकेश्वर–११ का वडाअध्यक्ष विन्दा बुढाथोकी, महानगरीय प्रहरी वृतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राण, तारकेश्वर–११ का वडा सदस्य, प्रजवल विक्रम थापा, सिता घले, निता खड्का, राप्रपा तारकेश्वरका अध्यक्ष राजकुमार खड्का, समाजसेवी मदन अधिकारी, नेपाल राष्ट्रिय माविका प्राधानाध्यापक निर्मला शाक्य, ग्रामीण आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापा लगायत नेपालटार अन्र्तगत रहेका नेपालराष्ट्रिय बुहमुखी क्याम्पस र ग्रामीण आर्दश बहुमुखी क्याम्पसका करीव ५ सय विद्याथीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here