तारकेश्वरका सहकारी संस्थागत रुपमा संगठित हुदै !

६२ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा तारकेश्वरका सहकारीहरु बीचमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

आज एक औपचारीक कार्यक्रमका बीच सो अन्तरक्रिया सम्पन्न भएको हो । सामूहिक रुपमा संगठित हुदै सहकारीको हितको लागि कार्य गर्न सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको नेतृत्व तारकेश्वर–११ अन्र्तगतका कार्यगत एकता गर्दै आएका ६ वटा सहकारीहरुले गरेका हुन् । सो अन्तरक्रिया कार्यक्रम नयापुस्ता वचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक पुस्कर सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो ।

जसमा गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्था लि.,नया पुस्ता बचत तथा ऋण सहकारी संस्था लि., नेपालटार बचत तथा ऋण सहकारी संस्था लि., बाबातारकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., कृसाङ्गी बचत तथा ऋण सहकारी संस्था लि. र चिरायू बहुउद्देयीय सहकारी संस्थालि. गरेका हुन् ।


तारकेशवर नगरपालिका अन्र्तगतरहेको ७७ वटा सहकारीहरुमा करीव ६५ वटा सहकारी संस्थाबाट सो अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।

सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर नगरपालिका सामाजिक शाखा प्रमुख हरिकृष्ण अर्याल लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।

सो कार्यक्रममा सहकारी राष्ट्रिय अर्थतन्त्रको मुख्य खम्बको रुपमा रहेको र सहकारीहरु बीचमा नै कार्यगत एकता हुन आवश्यक छ भन्ने कुरामा जोड दिईएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here