तारकेश्वर–११ को काठमाडौं शिक्षालयले मनायो ९ औं अभिभावक दिवस !

काठमाडौं शिक्षालयले मनायो ९ औं अभिभावक दिवस भव्य रुपले मनाएको छ । चैत २ गते एक औपचारीक कार्यक्रमका बीच कान्तिपुरी एवी पाटी प्यालेसको सभाहलमा सो अभिभावक दिवस भव्य रुपले सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिकाकामेयर रामेश्वर बोहोराको प्रमुख आतिथ्यता र विद्यालयका अध्यक्ष सरोज मर्हजनकोसभापतित्वमासो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष शिवहरी लामिछाने, काठमाडौं प्याव्सनका सचिव प्रल्हाद खनाल, यूरेका हाईस्कुलका प्रिन्सिपल प्रवोध प्रभाकर रिजाल, रोजमेरी आईडल स्कुलका प्रिन्सिपल कृष्ण प्रसाद अधिकारी, गुरुकुल पव्लिकस्कुलका प्रिन्सिपल दिपक श्रेष्ठ, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्ति अतिथिका रुपमा सहभागी भएका थिए ।
सो कार्यक्रममा वर्षभरि उत्कृष्ठ विद्याथीहरुलाई पुरस्कार वितरण समेत गरिएको हो । कार्यक्रममा सहभागी अतिथि तथा अभिभावकहरुलाई विद्याथीहरुले विभिन्न गीतमा नृत्य, गायनका साथै सास्कृतिक झलक प्रस्तुत गरि मनोरञ्जन दिएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here