तारकेश्वर–११ को एभरेष्ट किड्सले मनायो १२ औं अभिभावक दिवस

एभरेष्ट किड्सले १२ औं अभिभावक दिवस भव्य रुपले मनाएको छ । आज एक औपचारीक कार्यक्रमका बीच विद्यालयको प्राङ्गणमा सो अभिभावक दिवस भव्य रुपले सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख शुरेस कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष शिवहरी लामिछाने, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्ति अतिथिका रुपमा सहभागी भएका थिए ।

सो कार्यक्रममा वर्षभरि उत्कृष्ठ विद्याथीहरुलाई पुरस्कार वितरण समेत गरिएको हो । कार्यक्रममा सहभागी अतिथि तथा अभिभावकहरुलाई विद्याथीहरुले विभिन्न गीतमा नृत्य, गायनका साथै सास्कृतिक झलक प्रस्तुत गरि मनोरञ्जन दिएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here