राप्रपाको स्वाभीमान यात्रामा तारकेश्वरबाट करीब ५ सय जना सहभागी हुदै ।

राप्रपाको स्वाभीमान यात्रामा तारकेश्वरबाट करीब ५ सय जना सहभागी हुने नगर अधयक्ष राजकुमार खड्काले बताए । अध्यक्ष खड्काका अनुसार राप्रपाले गएको १५ फागुन ताप्लेजुङ्गवाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको भोली चैत्र १ गते समापन हुने र सो समापन कार्यक्रममा तारकेश्वरबाट वृहत सहभागी हुनेछन् । अधयक्ष खड्काले भने, अहिलेको नेकपाको सरकार अनिनायकबाद उन्मुख हुदै आएको र देशमा हिन्दु धर्म संकटमा पर्न थालेकोले राप्रपाको मुख्य ऐजण्डा हिन्दू राष्ट्र घोषणाको गर्नु हो । राप्रपाको मेची महाकाली स्वाभीमान यात्राको समापन कार्यक्रमका लागि अध्यक्ष राजकुमार खड्का नेतृतवमा तारकेश्वरबाट १० वटा गाडी बुकिङ गरि सहभागी हने योजना रहेको तारकेश्वरका स्थानीय नेता कृष्णबावु थापाले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here