सहभागितामुलक विकासको अभियान हो, “लोकतान्त्रिक पार्क निमार्ण योजना” : वडाध्यक्ष थापा

अमृत थापा– वडाध्यक्ष, तारकेश्वर–१०, काठमाडौं

ऐतिहासिक स्थानीय तहको निर्वाचन सम्पन्न भएको करीव २ वर्ष पुग्नै लाग्दा तारकेश्वर नगरपालिकामा विभिन्न जनमुखी नीति तथा योजनाहरु तर्जुमाका साथै कार्यन्वयनको क्रममा रहेका छन् । यसै क्रममा तारकेश्वर नगरपालिका वडा नं १० को लोकतान्त्रिक चोक स्थित “लोकतान्त्रिक पार्क (खर्च चौर) को नाममा नगरक्षेत्रमै पहिलो पटक पार्क निर्माण कार्य हुदैँछ । सो पार्क निर्माण कार्य वडाध्यक्ष अमृत थापाको अवधारणामा प्रदेश नं ३ का सांसद योगेन्द्र संग्रौलाको विशेष पहलमा ३ नं प्रदेश सरकारबाट तत्कालको लागि रु ५० लाख रकम विनियोजन भएको छ । सो पार्कको कुल लागत रु १ करोड ४३ लाख ५८ हजार ५ सय २८ रहेको छ । यो पार्क निर्माण परियोजनाको बारेमा थप जानकारीका लागि तारकेश्वर आवाजले वडाअध्यक्ष अमृत थापासाग गरेको कुराकानी :

पार्क निमार्णको परिकल्पना कसरी गर्नुभयो ?
तारकेश्वर नगरपालिका वडा नं १० ले समग्र वडा विकासमा एकिकृत गुरु योजना बनाई नमूना वडाको रुपमा बिकास गर्ने उद्देश्यका साथ चुनावी घोषणा पत्र मार्फत वडाबासीसंगको प्रतिवद्धता अनुसार खुल्ला क्षेत्र – पार्क निमार्ण कार्यलाई प्राथमिकता दिइएकाले हाल उक्त योजनालाई कार्यन्वयन गर्ने चरणमा छौं । त्यसैले पार्क निमार्ण कुनै नया“ कल्पना नभएर वडा विकासको एकिकृत गुरु योजना भित्र परिकल्पना गरिएको एउटा सहभागितामुलक विकासको अभियान हो ।

पार्क निर्माण कार्यको अनुगमन गर्दै सांसद योगेन्द्र संग्रौला, वडाध्यक्ष अमृत थापा, उपभोक्ता समितिका उपाध्यक्ष होम बहादु बोगटी, सचिव रामचन्द्र खनाल लगायत पदाधिकारी तथा सदस्यहरु ।

“सहभागितामुलक विकासको अभियान” भन्नुको अर्थ के हो ?
हाम्रा वडाका बिकासका कार्यक्रमहरु वडाबासीहरुको प्रत्यक्ष सहभागितामा नै गर्दै आईरहेका छौं । यसले विकासको अभियानमा वडाबासीहरुले अपनत्व महशुुुुुस गर्नुका साथै छिटो तथा दिर्घकालिन हुनेछ भन्ने विश्वास लिएको छु । लोकतान्त्रीक पार्कको सन्दर्भमा पनि विभिन्न टोल÷समुदायहरुको प्रतिनिधित्व हुने गरि लोकतान्त्रीक पार्क (खर्क चौर) बिकास तथा संरक्षण समिति मार्फत संघ÷प्रदेश, नगर, व्यक्ति, संघ÷संस्थाहरुको सहभागितामा सम्पन्न हुने सहभागितामुलक विकासको अभियान हो । मलाई लाग्छ ९९ प्रतिशत वडाबासिहरुको सकारात्मक अभियानमा प्रत्यक्ष÷अप्रत्यक्ष सहभागिता रहेको तथा केहि राजनैतिक पूर्वाग्रहबाट केन्द्रित भई जनताको सहभागितामुलक पार्क निमार्ण अभियान यो वा त्यो बाहनामा निमार्ण कार्य अबरोध गर्ने असफल हकर्तहरुमा म सर्तक रहेको छु ।

निर्माणधीन अवस्थाको पार्कको स्वरुप

सार्वजानिक जग्गा अतिक्रमण भएको छ, भनिन्छ नि ?
साबिक गा.वि.स. हुदा“ देखिनै हाम्रो वडाका केहि सार्वजानिक जग्गाहरुमा व्यक्तिहरुले अतिक्रमण गर्दै आएको विभिन्न मौखिक गुनासाहरु आएका छन् । पार्क निमार्ण स्थलमा पनि केहि जग्गा अतिक्रमण भएको देखिन्छ । विगतमा सार्बजाजिक जग्गाबाट बाटो खोलि व्यक्तिगत जग्गाहरु प्लटिङको नाममा सर्वसाधारण जनतालाई बिक्रि वितरण गर्ने कार्यले तारकेश्वर–१० अछुतो रहेको छ भन्न मिल्दैन् । वर्तामान अबस्थामा निमार्ण स्थलको तिन (३) तिर बर्षै देखि कालोपत्रे बाटो स्पष्ट रहेको तथा अधिकांश बाटो उक्त पार्कको जग्गामा नै भएको बास्तबिकता देखिन्छ । तथापि पार्क निमार्ण स्थलको दक्षिण भागमा केहि सार्वजानिक जग्गा अतिक्रमण रहेको र समयमा नै त्यो व्यवस्थापन हुने विश्वास दिलाउन चाहन्छु ।

पार्क निमार्णको आर्थिक स्रोत कसरी व्यवस्थापन गर्नुभएको छ ?
वडाको बजेट अत्यन्त न्यून तथा गर्नुपर्ने बिकासका कार्यहरु धेरै भएकाले हामीले पार्क निमार्णमा अहिले ३ नं. प्रदेश सभा सदस्य श्री माननिय योगेन्द्र संग्रौलाज्यूबाट प्रदेश सरकारको तर्फबाट ५० लाख बिनियोज गरिएको तथा समितिले पार्क निमार्णको विस्तृत अध्ययन प्रतिवेदन (DPRम्एच्) तयार पश्चात पहिलो चरणमा प्राथमिकताको आधारमा माननिय श्री योगेन्द्र संग्रौलाज्यूबाट शिलान्यास गराई तिब्रगतिमा निमार्ण कार्य हुदैछ ।
पार्क निमार्ण गुरु योजना बिस्तृत अध्ययन प्रतिवेदन (DPR) अनुसार निमार्णको लागि कुल १,४३,५८,५२८। अनुमानित लागत आएकोछ । निमार्ण सम्पन्नको लागि आवश्यक रकमको लागि संघ, प्रदेश, नगरपालिका, विभिन्न संघ÷संस्था, व्याक्ति, व्यापारि, समाजसेवी तथा समग्र वडाबासीहरुसंग निरन्तर छलफल गर्दै आइरहेकोछु र मलाई बिश्वास छ सबैको सहयोगमा यहि आर्थिक वर्ष वा ढिलोमा अर्को आर्थिक वर्षभित्रमा यसलाई सम्पन्न गर्नेछौ ।

पार्क संरक्षण योजना पनि केहि छ कि ?
पक्कै पनि निमार्ण पश्चात संरक्षण निकै चुनौतीपूर्ण हुने रहेको सन्दर्भमा हामीले पार्क मात्र नभई यो संग सरोकार राख्ने मठ, मन्दिर, धर्म, संस्कृति आदि सबैलाई एकिकृत रुपमा संरक्षणको लागि योजना बनाएका छौं । निमार्ण कार्य सम्पन्न पश्चात संरक्षणका योजनाहरु सावर्जनिकरण गरिनेछ जहा“ पार्क संरक्षण, धर्म, संस्कृर्ति, मठ, मन्दिर लगायत जेष्ठ नागरिक तथा वालबालीकाका साथै आम नागरिकहरुको चौतारीको रुपमा यसलाई बिकास गरि संरक्षण गर्नेछौ ।

अन्त्यमा केहि भन्नुछ कि ?
राज्य शासन पद्धतिमा ३ तहका सरकार रहेको तथा स्थानिय तह स्थरमा धेरै कानुनहरु बन्ने क्रममा नै रहेकोले संक्रमणकालको लगभग अन्त्य हु“दै गर्दा नगरवासीहरुको बिकास निमार्ण तथा शुसासनको व्यग्र प्रतिक्षालाई नजिकबाट कार्यन्वयनको चरणमा रहेकोले छिट्टैनै आशा तथा भरोसा गरे बमोजिमको विश्वास दिनेछौ । अन्त्यमा बिकास निमार्णको काममा कुनै प्रतिपक्ष र सत्तापक्ष नभई सबै एकाकार भएर हातेमालो गरि सकारात्मक ढंगबाट प्राप्त सुझाब, गुनासा तथा आलोचनाहरुलाई आत्मसाथ गर्दै सम्पूर्ण वडाबासीहरुलाई सहभागितामुलक बिकासको अभियानमा सहभागिताको लागि बिशेष अनुरोध गर्दछु । धन्यवाद ।

निर्माण पछि पार्कको देखिने स्वरुप।
Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here