तारकेश्वर–९ का स्थानीयले वडाध्यक्ष सिटौला सहित नगरपालिकाको टोलीलाई फिल्डमै गर्यो सम्मान ।

तारकेश्वर नगरपालिकाको योजनाको अनुगमन गर्ने कार्य उपमेयर भवानी डोटेल धितालको नेतृत्वमा भईरहेको छ । उपमेयर भवानी प्रत्येक दिन समयतालीका मिलाई नगरक्षेत्र भरिमै कार्यन्यवन हुदै गरेका हरेक योजनाको अनुगमन गर्ने कार्यमा निरन्तरता दिदै आएकी छिन् ।

यसै क्रममा तारकेश्वर नगरपालिका वडा नं ९ मा वडाध्यक्ष बलराम सिटौलाको विशेष पहलमा किटपाखा स्थित एक सय मिटरको दुरीमा स्थानीय उपभोक्ताले ढलान कार्य गरिरहेका थिए । उपमेयर भवानी डोटेल, तारकेश्वर–९ का वडा अध्यक्ष बलराम सिटौला, वडा सदस्य लक्ष्मी अधिकारी, तारकेश्वर–६ का वडा अध्यक्ष मधु कार्की प्राविधिक द्धोय शशी गुरुङ र विकास मर्हजन लगायतको टोलीलाई स्थथानीयहरुले एक्कासी खादा ओडाएर सम्मान गरेका छन् ।

स्थानीय दुर्गा श्रेष्ठका अनुसार ढलान कार्य हुदै गरेको सो सडक तारकेश्वर–८, ९ र १० को लिङक रोडको रुपमा रहेको र सो सडक ढलानले स्थानीयहरुले खुसीका साथ नगरपालिकाको टोलीलाई राम्रो काम गरेकोले सम्मान गरेको बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here