सन् २१०० सम्ममा दक्षिण एसियामा बस्नै नसकिने

552

काठमाडौं, १९ साउन — एक्काईसौं शताब्दीको अन्त्यसम्ममा जलवायु परिवर्तनका कारण उत्पन्न लूका कारण भारतमा मानिसले बसोवास गर्नै नसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

 

सायन्स एड्भान्सेस जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार भारी जनसंख्या भएको भारतको गंगा मैदानमा बसोवास मुश्किल पर्ने देखिएको हो ।

उच्च तापक्रम र आर्द्रताका कारण उत्पन्न हुने लूले ज्वरो आउने तथा मृत्यु नै हुने जोखिम बढाउँछ । तापक्रम बढ्दै जाँदा मानव शरीरको आफैंलाई चिस्याउने क्षमता घट्छ र शारीरिक तथा मानसिक कार्य गर्न सक्दैन ।

 

तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी भएपछि मासनसलाई बाँच्न गाह्रो पर्छ । अत्यन्त स्वस्थ व्यक्ति छायाँमा बसेपनि यति चर्को तापक्रममा बाँच्न नसक्ने जर्नलको पेपरमा उल्लेख गरिएको छ ।

 

दक्षिण एसियाको तापक्रम प्रत्येक गर्मीमा ३५ डिग्री सेल्सियसभन्दा माथि नै गइरहेको छ । गंगा नदीको उपत्यका, छोटा नागपुर पठार र पाकिस्तानको इन्डस उपत्यका यसमा पर्छ ।

 

अध्ययनकर्ताहरूले पाकिस्तान, नेपाल, भारत, बंगलादेश र श्रीलंकामा दिनको औसत ६ घन्टाको अध्ययन गरेका थिए । हरितगृह ग्यास उत्सर्जनका कारण पछि लगातार ३५ डिग्री सेल्सियस तापक्रम पुग्ने देखिन्छ ।

-द हिन्दूबाट