शेषमती बहुउद्देयीय सहकारीले मनायो १२ औं साधारण सभा !

शेषमती बहुउद्देयीय सहकारीसंस्था लि. तारकेश्वर– ११ को १२ औं साधारण सभा ।

शेषमती बहुउद्देयीय सहकारी संस्था लि.ले १२ औं साधारण सभा भव्य रुपले मनाएको छ । आज एक औपचारकि कार्यक्रमका बीच सो साधारण सभा भवय रुपले सम्पन्न भएको हो । काठमाडौं क्षेत्र नं ७ प्रदेश सभा–२ का सांसद प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष सुदिप घिमिरेको सभापतित्वमा सो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा तारकेश्वर–४ का वडाध्यक्ष नदेन्द्रदास श्रेष्ठ, तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकी, नर्थ काठमाडौं विकास अभियानका अध्यक्ष सुनिल बस्नेत, पत्रकार नन्द बहादुर ऐडी, नेपाल रािष्ट्रय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजिव धिताल लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।

कार्यक्रलाई सम्बोधन गर्दै सांसद प्रकाश श्रेष्ठले बहुउद्देश्यी सहकारी संस्थाले लगानीको दायरा फराकिलो पानुपर्ने बताए । उनले भने राज्यले अनुदान दिन्छ, कृषि पर्यटन, पशुपालन लगायतका उत्पादनका क्षेत्रमा लगानी गर्न आवश्यक
छ ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुदिप घिमिरेले खर्च सहित १ करोड ११ लाख ३३ हजार आम्दानी भएको र आम्दानीको १० प्रतिशत शेयरधनीहरुलाई बोनस समेत वितरण गर्ने योजना रहेको बताए । नेपाल रािष्ट्रय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजिव धितालले नाफाका साथै सेवालाई समेत बहुउद्देयीय सहकारीले विशेष ध्यान दिएको बताए ।

तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकीले शेषमती बहुउद्देयीय सहकारीले सहकारीको मूलय र मान्यष्तालाई आत्मा साथ गर्दै नाफाका साथै शेयरधनीको सेवामा समेत जोड दिदै आएको बताईन । उनले भनिन्, सहकारीले महिलाहरुलाई विशेष सहयोग पुगेको र बचत गर्ने धारणाको विकासलाई जोड दिएको छ ।

संस्थाका उपाध्यक्ष प्रकाश घिमिरेले विद्यार्थीहरुले रु ७० हजार शेयरपूजीबाट सुरु गरेको शेषमती बहुउद्देयीय सहकारीको हालको शेयर पूजी करीव ९० लाखको पुगेको बताए । उनल आफूहरु संस्थागत स्वार्थमा सधै कटिबद्ध रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here