लालिगुराँस र बाल सिर्जना बराबरीमा

लालीगुराँस कप दोश्रो अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत आयोजक लालीगुर“ास विद्या सदन र बाल सिर्जना बिच सम्पन्न खेल २ –२ को बराबरीमा सकिएको छ ।

लालीगुर“ासका तर्फबाट बिजय तामाङ्गले २ गोल गरे भने बाल सिर्जनाका तर्फबाट समिर पुतुवारले २ गोल गरे । त्यस्तै सृजना ज्ञानसागरले किन्डरगार्टेनलाई ३ –० ले हरायो।

साथै ब्राइटहेभन र काठमाण्डो शिक्षालय १ –१ के बराबरीमा सकियो । ढकालटार स्थित आयोजक लालीगुराँस बिद्यासदनको खेल मैदानमा हुने छात्र नाईन ए साईड फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल उमेश बादे श्रेष्ठले आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराए । शिक्षा र खेलकुद सगै भन्ने उद्देश्यका साथ संचालन हुन प्रतियोगितामा सहभागि टिमलाई चार समूहमा बिभाजन गरि लिग कम नकाउटका आधारमा संचालन गरिने स्कुलका निर्देशक हरि रेग्मीले बताए ।

फागुन २५ गते सम्म संचालन हुने ५ दिने प्रतियोगिताको बिजेता र अनुसाशित टिमले शिल्ड,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोल किप्पर, डिफेन्स,मिडफिल्ड,प्रशिक्षक र सर्वाधिक गोल कर्ता खेलाडीलाई नगद सहित पुरस्कृत गरिने सहायक प्रिन्सिपल सुजिना श्रेष्ठले जानकारी गराईन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here