तारकेश्वरको टिम प्रथम !

अन्तर नगरपालिका कराते प्रतियोगिताको प्रथम उपाधी तारकेश्वर नगरपालिकाले हासिल गरेको छ । भक्तपुर नगरपालिकाद्धारा आयोजित सो प्रतियोगितामा ५ गोल्ड,१ सिल्भर,१ ब्रोन्ज सहित तारकेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको हो ।

यस्तै गरि नार्गाजुन नगरपालिकाले ५ स्वर्ण र ३ रजत द्धितृय स्थान हासिल गरेको छ । ३ स्वर्ण ४ कास्य र १ रजत सहित चन्द्रागिरी नगरपालिकाले तृतीया स्थान हासिल गरेको छ ।
सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिका द्वारा आयोजित सो अन्तर नगर कराते प्रतियोगितामा जम्मा २६ टिम सहभागी भएका थिए ।

अन्तर नगर कराते प्रतियोगितामा प्रथम उपाधी हासिल गर्ने खेलाडीहरुलाई तारकेश्वर–९ ले प्रसंसा स्वरुप रु १० हजार पुरस्कार दिने र नगरपालिकाले सम्मान गर्ने घोषणा समेत गरेको छ ।

https://www.youtube.com/watch?v=TZ5mdmQ-H-o&feature=youtu.be

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here