सांसद संग्रौलाले आफनो निर्वाचन क्षेत्रमा गरेका योग्य काम !

काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा(ख) का सांसद हुन् योगेन्द्र संग्रौला । सांसद संग्रौलाले आफनो निर्वाचन क्षेत्रमा विभिन्न काम गरेका छन् । निर्वाचन क्षेत्रको हरेक कार्यक्रममा सहभागी भई जनताका गुनासाहरुलाई सहजीकरण गर्दै आएका सांसद संग्रौलाले विभिन्न विकास निर्माणका कार्य गरेका छन् । सांसद संग्रौला आफनो निर्वाचन क्षेत्रमा १६ करोडको रकम विनियोजन गरेका छन् । विभिन्न योजनाको नाममा विनियोजित सो कार्यक्रम कुनै सम्झौता भई कार्यन्वयनको क्रममा छन् त कुनै कार्यन्वयन भईसकेका छन् ।

१. काभ्रेस्थली ठाटी चोकबाट कोइराला खोला सिम्लेश्वोर शान्तिधाम,देबिथान हदै जगात सम्म सडक स्तरोन्नती तथा कालोपत्रे – २ करोड

२. काभ्रेस्थली चौर निर्माण – २५ लाख

३. साङ्ला बिहानी चोकदेखी झोर सिमाना जाने बाटो बिस्तार तथा निर्माण – ५० लाख

४. शुद्ध पिउने पानी स्वच्छ बिधालय कार्यक्रम कुन्चिप्वाकल मा.बि – १० लाख

५. जरन्खु पुल चिसापानी तिनपिप्ले सडक स्तोरन्न्ती – ५० लाख

६. खुशी पार्क ९लोकतान्त्रिक चोक – ५० लाख

७. तारकेस्वर नगरपालिका १० खानेपानी योजना – ५० लाख

८. सामुदायिक भवन निर्माण (ता.न.पा ११) – ५० लाख

९. पिपलडाडा चौर खेलकुद मैदान निर्माण तथा जग्गा संरक्षण – ७५ लाख

१०. महाङ्काल कमेरे खोला कुशल चौगाउ बाटो बिस्तार तथा निर्माण – ५० लाख

११. टोखा न।पा ८ र ११मा खानेपानी योजना – ५० लाख

१२.टोखा न.पा मनोहर तिर्थघाट पुल निर्माण वडा नं ८ र ९ – ३ करोड

१३. तारकेस्वर टोखा विष्णुमति पुलबाट छ्न्त्याल चोक,मानसिह स्कुल,न्याय परिषद वासुकी टोल हुँदै फुटुङ जाने सडकको स्तोरन्न्ती तथा कालोपत्रे गर्ने कार्य – २ करोड

१४. बिष्णुमति खोला सडकपुल,घले पुल तारकेस्वर नगरपालिका – २ करोड

१५. बौडेस्वर उच्च मा बि (टोखा १) – २० लाख

१६. ग्रामीण आदर्श बहुमुखी क्याम्पस -१५ लाख

१७. कमेरे खोला नियन्त्रण कार्य (ता.न.पा ६) – २० लाख

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here