तारकेश्वरले महानगरबाट, पायो एक करोड ।

काठमाडौं महानगरपालिकाबाट तारकेश्वर नगरपालिकाले एक करोड रकम प्राप्त गरेको छ । पर्यटन प्रर्वद्धनसँगै पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी महानगरले छिमेकी १० वटा नगरपालिकाहरुलाई सो रकम वितरण गरेको हो ।

राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौँका ९ ओटा नगरपालिककालाई काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले एक–एक करोडको चेक हस्तान्तरण गर्दै आन्तरिक र धार्मिक पर्यटककलाई समेत आकर्षित गर्ने गरी काठमाडौँको पर्यटन विकासका लागि नगर–नगरबीच साझेदारी आवश्यक भएको बताउनुभयो । महानगरपालिकाले टोखा नगरपालिकालाई यस अघि नै एक करोड हस्तान्तरण गरिसकेको छ ।

आइतबार कीर्तिपुर नगरपालिका,कागेश्वरी–मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिकालाई काठमाडौँका मेयर शाक्यले एक–एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here