तारकेश्वर–८ मा कानुनी सहायता कार्यक्रम

तारकेश्वर नगरपालिका वडा नं ८ मा कानूनी सहायता कार्यक्रम सम्पन्न भएको छ । नेपाल ल क्याम्पसको सक्रियतामा सो कार्यक्रम भएको हो । सो कार्यक्रम तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेले देशको कानुन भन्दा माथी कोही पनि नहुने र कानूनको पालना सबै पक्षले गर्न आवश्यक रहेको बताए । तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेल धितालले समय गतिशिल हुन्छ, समय परिस्थिती अनुसार कानून पनि परिवर्तन हुन आवशय रहेको बताईन । उनले भनीन, कालो कोट लगाएको भाईबहिनीलाई देख्दा हिजोको विद्यार्थी जीवनको झल्को आउँछ ।

कानुनीस् सहायता कार्यक्रममा नेपाल ल क्याम्पसका स्नातक चौथौ वर्षका विद्याथीहरुको समेत सहभागीता रहेको थियो । विद्याथीहरुले स्थानीय सहभागीहरुलाई कानूनका बारेमा अन्तरक्रियात्मक तरीकाले सवाल जवाफ गरिएको थियो । कार्यक्रममा मानव अधिकार, अंशवण्डा, नागरिकता, बहुविवाह लगायतका विभिन्न कानूनी प्रक्रियाको बारेमा छलफल गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here