फुटुङको थापागाउँमा तेजस्वी एकेडेमी

फुटुङको थापागाउँमा तेजस्वी एकेडेमी सञ्चालनमा आएको छ । आज एक औपचारीक कार्यक्रममा बीच सो विद्यालयकोे प्रथम अभिभावक दिवस भव्य रुपले मनाउँदै सो नयाँवस्तीमा विद्यालय सञ्चालनमा आएको आयोजक संस्थाले बताएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ७ थापा गाउँ स्थित रहेको सो विद्यालयकोे प्रथम अभिभावक दिवस काठमाडौं क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो विद्यालय एन्जल्स गुप्रद्धारा सञ्चालित नया विद्यालय हो ।

एन्जल्स मिसन अन्र्तगत तारकेश्वर नगरपालिकाको एक मात्र क वर्गको विद्यालय एन्जल्स हार्ट मा.वि, एन्जल्स हार्ट कलेज एन्जल्स किड्स मन्टेश्वरी, लगायतका विभिन्न ११ वटा कम्पनीहरु सञ्चालित छन् ।

सो गु्रपले पछिल्लो समय तारकेश्वर नगरपालिका वडा नं ७ को थापागाउँ स्थित रहेको नयाँ वस्तीलाई लक्षित गर्दै तेजस्वी एकेडेमी सञ्चालनमा ल्याएको छ ।

सो एकेडेमीको प्रथम अभिभावक दिवस भव्यताका साथ मनाउँदै तारकेश्वर नगरक्षेत्रमा नयाँ शैक्षिक अभियान सञ्चालन गर्ने उद्देशय रहेको विद्यालयका अध्यक्ष दिनानाथ पौडेलले बताए ।

सो प्रथम अभिभावक दिवसमा काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगे्रन्द्र संग्रौला, तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिन श्रेष्ठ, स्थानीय समाजसेवी लब कुमार बस्नेत लगायतका व्यक्तिहरु अतिथिका रुपमा सुहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here