कौशल स्कुलको १४ औ अभिभावक दिवस

कोशल अंग्रेजी माध्यमिक विद्यालयको १४ औ अभिभावक दिवस भव्य रुपले सम्पन्न भएको छ । कक्षा प्लेगुप्र देखि कक्षा २ सम्मको जुनियर तर्फको अभिभावक दिवसको रुपमा आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिकाका नगर शिक्षा अधिकारी शुरेस कुमार जोशीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौ व्याव्सनका सहसचिव एवं हिम रश्मी हाई स्कुलका प्रिनिसपल लोकन्द्र बहादुर खड्का, स्थानीइ समाजसेवी पशुपति मैनाली, छिमेकी विद्यालय लिङकन स्कुलका कोओडिनेटर सुमित्रा थापा, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।

सो जुनियर तर्फको अभिभावक दिवसमा कक्षा प्ले गुप्र देखि कक्षा २ सम्मका बालबालीकाहरुले गीत, नृत्य लगायतका विभिन्न सांगितक झलकहरु प्रस्तुत गरि सहभागीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा स्वागत मन्त्वय दिदै विद्यालयका संस्थापक भाईस प्रिन्सिपल भरत भण्डारीले बालबालिकालाई काँचो माटो भन्ने गरिन्छ तर हामी त्यो कुसरालाई स्वीकार नगरी बालबालिका सिर्जनाका खानी हुन्, प्रतिभाको भण्डार हुन् भन्छौ भन्ने बताए ।

कार्यक्रममा कक्षा प्लेगुप्र देखि कक्षा २ सम्मको जुनियर तर्फको अभिभावक दिवसका साथै विभिन्न शैक्षिक प्रर्दशनी समेत गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here