भन, तिमी मेरो को पछौ ?

रामशरण थापा (सागर)

रामशरण थापा (सागर)
आखा तरेनि प्रिय लाग्छ
गाली गरेनि प्रिय लाग्छ ।

भन तिमी मेरो को पछौ ?
परै सरेनि प्रिय लाग्छ ।

एकछिन नदेख्दा बेचैन छु
यो दिलै हरेनि प्रिय लाग्छ ।

ज्यानै फाल्दिउ जस्तो किन ?
तिम्रै नाममा मरेनि प्रिय लाग्छ ।

चढ्न खोज्दा प्रगतिको बाटो
ओराली झरेनि प्रिय लाग्छ ।

(वादल माथिको आकृति गजल संग्रहबाट)

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here