समुदाय–प्रहरी साझेदारी अन्र्तगत अभिमुखिकरण कार्यक्रम !

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ । महानगरिय प्रहरी वृत्त महाराजगञ्जको आयोजनामा टोखा नगरपालिकाका ११ वटै वडामा गठित समन्वय समितिबीचमा सो कार्यक्रम भएको हो ।

टोखा–७ स्थित पूर्व प्रहरी संगठनको कार्यालयको सभाहलमा सञ्चालित सो अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम महानगरिय प्रहरी परिसर टेकुका प्रमुख बसन्त कुमार लामाको प्रमुख आतिथ्यता तथा टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलको विशेष आतिथ्यता सञ्चालन भएको हो ।

सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्र.ना.उ.फणिन्द्र प्रसाईले महानगरीय प्रहरी वृत्त महाराजगंजले ६ महिनाको अबधिमा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गरीएका बिबिध गतिबिधिहरुको सम्बन्धमा श्रब्यदृश्य मार्फत जानकारी गराए ।

समुदायसंग सहकार्य गर्न सकिने बिबिध बिषयहरुका बारेमा प्रष्ट्रयाउर्दै अपराध न्युनिकरण तथा अपराध रोकथाम सम्बन्धमा समुदाय–प्रहरी वडा समितिको भूमिकाको बिषयमा समेत प्र.ना.उ. प्रसाईले बताए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले अपराध न्यूनिकरणमा समुदाय–प्रहरी साझेदारी वडा समन्वय समितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने भएको हुँदा आगामी दिनमा सक्रिय भई मासिक बैठक बसी कार्ययोजनाका साथ अघि बढ्नुपर्छ भनने बताए ।
टोखा नगरपालिका उपमेयर ज्ञानमाया डंगोलले शान्तिपूर्ण समाज निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न सदैब तयार रहेको बताईन ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर सामुदायिक शाखा टेकु, काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद पोखरेलले समुदाय–प्रहरी साझेदारी वडा समितिहरुले खेल्न सक्ने अहम भुमिकाको सम्बन्धमा प्रकाश पार्दै कार्यक्रमलाई सहजिकरण गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here