नेपालमै पहिलो पटक, सर्पले टोक्दा पाए राहत !

नेपालमै पहिलो पटक सर्पले क्षती गरेको राहत वितरण गरिएको छ । शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्र अन्र्तगत ईचंगुनारायण उपभोक्ता समितिको पहलमा सो राहत वितरण गरिएको हो ।

सो समितिको कार्यालय नार्गाजुन–३ हलचोक काठमाडौंमा आज एक औपचारीक कार्यक्रमका वीच पिडितहरुलाई राहत वितरण गरिएको हो ।

मध्यवती क्षेत्र व्यवस्थापन निर्देशिका २०७३ बमोजिम घरपालुवा पशुपन्छिलाई क्षती पुर्याए बापत पिडितलाई प्रदान गरिएको राहत नेपालमै पहिलो पटक वितरण गरिएको हो । यस्तो प्रकृतिको राहत रकम शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रमा मात्र वितरण गरिदै आएको छ । सो राहत रकम पुतली तामाङ (सर्पले डसेको) रु ४१ हजार ६७ रुपैया, कान्छी लामा (सर्पले कुखुरा मारेको) रु १ हजार ८ सय, रवि श्रेष्ठ (न्याउरी मुसाले कुखुरा मारेको) रु २ हजार ६ सय रकम पिडितहरुले प्राप्त गरेका छन् ।

सो राहत रकम शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत सरोजमणि पौडेल र ईचंगुनारायण उपभोक्ता समितिका अध्यक्ष रवि श्रेष्ठले वितरण गरेका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here