तारकेश्वर–११ मा सरसफाई


तारकेश्वर नगरपालिकाको वडा नं ११ मा सरसफाई कार्यक्रम भएको छ । तारकेश्वर नगरपालिका वडा नं ११ को विशेष पहलमा उर्जाशील महिला समूह र तारकेश्वर सरसफाईको विशेष सहभागीताका साथ सो सरसफाई कार्यक्रम वृहत रुपले सञ्चालन भएको हो ।

तारकेश्वर नगरपालिका वडा नं ११ को वडा कार्यालय रहेको स्थान विन्दा बासिनी मन्दिरबाट सुरु भएको सो कार्यक्रम नेपालटारचोक–हिलेडोल–लाखेडोल – नेपालटार चोक हुर्दै शेषमतीमा पुगेर सम्पन्न भएको हो ।

सो सरसफाई कार्यक्रममा तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकी, वडासदस्यहरु प्रजवल विक्रम थापा, निता खड्का, सम्झना परियार, सिता घले, उर्जाशील महिला समूहका पदाधिकारी तथा सदस्य महिलाहरु, लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालका अध्यक्ष देनिा कार्की राना, स्थानीइ समाजसेवी बाबुकृष्ण केसी, तारकेश्वर सरसफाईका प्रवन्ध निर्देशक केदार खत्री लगायत सो सस्थाका अन्य कर्मचारीहरुको व्यापक सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here