अनेरास्ववियु काठमाडौ ईन्जिनियरिङ कलेजको प्रथम ईन्टर टेक्निकल भलिभल

अनेरास्ववियु काठमाडौ ईन्जिनियरिङ कलेजद्वारा आयोजित “प्रथम ईन्टर
टेक्निकल भलिभल -२०७५” को फाईनल भव्य र सभ्य रुपमा कलेज परिसरमा सम्पन्न भयो ।

माननीय सांसद तथा नेकपा स्थाई कमिटी सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष रश्मि आचार्य तथा अनेरास्ववियु केन्द्रिय कमिटिका सचिव सुदेश पराजुली विषेश अतिथीका रुपमा आउनु भएको थियो ।

फाईनल खेल ACME ईन्जिनियरिङ कलेज र काठमाडौं ईन्जिनियरिङ कलेज भएको थियो । आयोजक काठमाडौं ईन्जिनियरिङ कलेजलाई ३-१ को सेटमा पराजित गरि ACME ईन्जिनियरिङ कलेजले फाईनल जितेको थियो ।

विजेता ACME ले ट्रफी, मेडल र बीस हजार नगद जितेका छन् । उपविजेता काठमाडौं ईन्जिनियरिङ कलेजलाई ट्रफी, मेडल र पन्ध्र हजार नगद जितेका छन् ।

विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी योगेश भट्टराईले भन्नू भयो, “अबको ५ वर्ष भित्र देश समृद्ध वन्नेछ, विकाश हुनेछ ।”

अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले,”ईन्जिनियरिङ शिक्षालाई पनि मेडिकल जस्तै गरि व्यवस्थित गरि कोहि पनि technical विद्यार्थीलाई बेरोजगार बस्न नपरोस् ” भन्नू भयो ।

अनेरास्ववियुका सचीव सुदेश पराजुलीले,” स्व.वि.यु चुनावमा दुई संगठन अखिल र अखिल क्रान्तिकारी एक भएर आउदा निर्वाचन हार्ने डरले अरु संगठन चुनाव नगराउने मनसाय रहेको बताउनु भयो ।

कार्यक्रम अनेरास्ववियु के.ई.सि का कार्यवाहक अध्यक्ष निरन्जन के.सि.ले अबको स्व.वि.यु चुनावमा पुन के.ई.सिमा रातो रक्तरन्जित झन्डा गाड्ने गरि लाग्न भन्दै कार्यक्रम सफल गर्ने सम्पुर्णमा धन्यवाद भन्दै कार्यक्रम समापन गर्नु भयो । कार्यक्रम संचालन नबिन्द्र चालिसेले गर्नु भयो ।

कार्यक्रमलाई भव्य बनाउनलाई स्व.वि.यु. सभापति पुर्ण खड्काको विशेष भुमिका खेल्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here