कुकुरलाई मार्सी खवाउँदै नेपालटारमा नेविसंघको विरोध !

कुकुरलाई मार्सी चामलको भात खुवाएर नेपालटारमा नेविसंघले विरोध गरेको छ । नालायक केपी सरकार मुर्दावाद भन्ने नारा लगाउँदै कुकुरलाई मार्सी ल्वाएर सो विरोध कार्यक्रम भएको हो ।

ग्रामीण आर्दश बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय बहुमुखी क्याम्पस नेविसंघका नेता तथा कार्यकर्ताले सो विरोध प्रर्दशन गरेका हुन् ।

कुकुरलाई मार्सीको भात ख्वाउँने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको कडा हस्तक्षेपबीचमा सो विरोध प्रर्दशन सम्पन्न भएको हो । सो विरोध प्रर्दशनको नेतृत्व सामुदायिक क्याम्पस नेविसंघका अध्यक्ष परोपकार अधिकारीले गरेका हुन् ।

यस्तै गरि कार्यक्रममा मातृका प्रसाद उपाध्याय, पवन थापा, राजु अधिकारी, सुवास अधिकारी, दिपेश थापा, सन्तोष अधिकारी, राजकुमार भट्ट, लक्ष्मी भट्ट, डिवी शाही लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो । सो विरोध प्रर्दशन कार्यक्रम कोण सभामा परिणत भई विद्यार्थी नेताले आ–आफनो भनाई राखेका थिए ।

सो कोण सभा कार्यक्रम विद्यार्थी नेता मातृका प्रसाद उपाध्यायले सञ्चालन गरेका थिए । कार्यक्रमा बोल्दै नेता परोपकार अधिकारीले नेपाल विद्यार्थी संघले गरेको यो विरोध प्रर्दशन समग्र देशबासीहरुको लागि हो भन्ने बताए । उनले भने, सरकारले गरेका गलत कार्यको विरोध हो, कुनै शक्ति प्रर्दशन होईन ।




विरोध कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता परोपकार अधिकारी
Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here