नेपालटार चोकमा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

नेविसंघ ग्रामीण आर्दश बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय बहुमुखी क्याम्पस ईकाई कमिटीले सो पुत्ला जलाएको हो । तारकेश्वरको नेपालटार चोकमा प्रधानमन्त्री ओलीको सो पुत्ला जलाईएको हो ।

सरकारको अधिनायकबादी प्रवृतिको विरोध गर्दै सो पुत्ला जलाईएको सामूदायिक क्याम्पसका सभापति विद्यार्थी नेता परोपकार अधिकारीले बताए ।

नेपाल विद्यार्थी संघले नेपालटार चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईसेकपछि प्रहरी आईपुग्यो र प्रहरीको यो ढिलासुस्तीलाई विश्लेषण गर्दा अहिलेको सरकारप्रति प्रहरी प्रशासन पनि त्यति खुसी नदेखिएको संकेत हुन सक्ने कुरा एक स्थानीयले बताए ।

सो पुत्ला जलाउँने कार्यक्रममा तारकेश्वर–११ का ईकाई सभापति कविराज बस्नेत, विद्याथी नेता परोपकार अधिकारी, मातृका प्रसाद उपाध्याय, राजेन्द्र फुयाल, सुवास अधिकारी सन्तोष अधिकारी, सुशान्त सिटौला, धन बहादुर शाही लगायत स्थानीय तरुण दलका नेताकान साथै स्थानीय बासीहरुको समेत सहभागीता रहेको नेविसंघ नेता राजेन्द्र फुयालले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here