नेविसंघको विरोध कार्यक्रम : बालाजु प्रहरीको हस्तक्षेप

सरकार विरुद्ध नाराबाजी गर्दै उत्रेको नेपाल विद्याथी संघको विरोध कार्यक्रमलाई बालाजु प्रहरीले हस्तक्षेप गरेको छ ।

तारकेश्वरको नेपालटारमा रहेको ग्रामीण आर्दश बहुमुखी क्याम्स र नेपाल राष्ट्रिय बहुमुखी क्याम्पसबाट सरकार विरुद्ध नाराबाजी गर्दै उत्रेको सो टोलीलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको हो ।

सो विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघका सुवास अधिकारी सन्तोष अधिकारी,परोपकार
अधिकारी ,पवन थापा, सन्तोष गुरुङ, सुशान्त सिटौला, किरण भट्टराई, बासुदेव अधिकारी, मातृका प्रसाद उपाध्याय, त्रिभुवन विश्व विद्यालय नेविसंघ ईकाई कमिटीका उपसभापति चन्द्र रावत, सुशान्त न्यौपाने, डिवी शाही, राजु अधिकारी लगायतका विद्याथी नेताहरु सहभागी भएका थिए ।

सरकारले दुई तिहाईको अनाआवश्यक दम्ब दिएको र सो कदमको विरुछमा नेपाल विद्यार्थीसंघ उत्रेको विद्याथी नेता परोपकार अधिकारीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here