तारकेश्वरका कृषकलाई कृषि सामाग्री अनुदानमा वितरण गर्ने सूचना

तारकेश्वर नगरपालिका कृषि विकास शाखा अन्र्तगत कृषि विकास मन्त्रालयको आ.व २०७५\०७६ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकहरुका लागि लक्षित गरि कार्यक्रम ल्याएको छ ।

तारकेश्वर नगरपालिका भित्रका कृषकहरुका लागि स्पेयर ,मिनी टिलर, कृषि चुन, प्लाष्टिक सिट, गोलभेडाको बिउ र च्याउको बिउ ल्याइएको नि. शाखा प्रमुख मिना कुमारी थापाले बताउनु भयो । कृषक समुह, कृषि शहकारी तथा व्यवसायिक कृषि फर्महरुलाई लक्षित गरि कार्यक्रम ल्याईएको हुनाले सुचना प्रकाशित भएको ७ दिन भित्र तारकेश्वर नगरपालिका कृषि विकास शाखामा सम्र्पक गर्न पनि जानकारी गराउनु भयो ।
यस योजनामा समाबेश हुनका लागि सम्बन्धित संस्था, समुहको दर्ताको प्रमाण पत्र, नागरिकताको प्रतिलिपी, पुर्जाको प्रतिलिपी र करारनामा पत्रको प्रतिलिपी आवश्यक पर्नेछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here