तारकेश्वरको गोलढुङगा रंगशालामा सञ्चालित खेलकुद कार्यक्रम बर्षाले अवरुद्ध

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा सञ्चालित खेल वर्षाले अवरुद्ध भएको छ । तारकेश्वर–५ अन्र्तगतको गोलढुङगा रंगशालामा सञ्चालित सो खेलकुद महोत्सव वर्षाका कारणले अवरुद्ध भएको हो ।

हिजोबाट सुरु भएको सो कार्यक्रम सप्ताह व्यापी सञ्चालन हुने र वर्षाले गर्दा थप केहि दिन लम्बिने सम्भाना रहेको कार्यक्रमका प्रवक्ता एवं श्रृजना ज्ञानसागर माविका प्रिन्सिपल राजेन्द्र फुयालले बताए ।

सो खेलकुद कार्यक्रममा जम्मा ३२ वटा खेल रहेको र पहिलो दिन ८ वटा फुटवलको खेल सम्पन्न भएको र आज ८ वटा फुटवलको खेल वर्षाले गर्दा अवरुद्ध भएको फुयालले बताए ।

साताव्यापी सञ्चालन हुने सो खेलकुद महोत्सवमा ओप्स अन्र्तगतका जम्मा १६ वटा विद्यालयहरु सहभागी भएका छन् ।

साथै सो खेलकुद कार्यक्रममा एथलेटिमा कौशल ईङलिस बोडिग स्कुल, फुटवलमा सिर्जना त्रानसगार मावि, बास्केटबलमा नेशनल लालीगुराँस एकेडेमी, भलिबलमा सामाखुसी ईङलिस बोडिक स्कुल र व्याटमिण्टनमा एन्जल हार्ट मा.वि सह–आयोजकका रुमा रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here