कुश्मा नगरपालिकामा बस दुर्घटना ७ जनाको मृत्यु र ३८ जना घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका छन् । बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग. १ ख. ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ७० मिटर तल खसको बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here